‘जाजरकोटको घटनाले विश्वमा नेपालीको शिर निहुरियो’ : हरिवंश आचार्य



१४ जेठ २०७७, काठमाडौँ

केहीदिन अघिमात्र एक युवकले दलित भएको कारण आफ्नो ज्यान गुमाउनु पर्यो । अहिले यो घटनाले सबैको ध्यान खिचिरहेको छ । जाजरकोटका नवराज विक प्रेमिका सुष्मा मल्लसँग विवाह गर्नको लागि रुकुम हिडेका थिए ।

दलित भएर माथिल्लो जातको केटीसँग विवाह गर्न लागेको भनेर ढुगांले हानेर उनको हत्या गरी भेरी नदीमा फालिदिए । यो घटना सुन्दा जो कोहीको पनि जिउ सिरिगं भएर आउँछ ।

हुन पनि जातकै कारणले ज्यान गुमाउनु पर्दा अब यो देशमा कसैले पनि आफूलाई सुरक्षित महशुस गर्न सक्दैनन । अहिले नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले नवराजको लागि आवाज उठाइरहेका छन् । सबैले नवराजको दोषीले सजाय पाउनुपर्ने माग गरिरहेका छन् ।

यसैबिच वरिष्ठ कलाकार हरिवंश आचार्यले यो घटनाले आफूलाई अत्यन्तै दुखी बनाएको बताएका छन् । त्यतिमात्र नभएर हरिवंशले जाजरकोटको घटनाले विश्वमा नेपालीको शिर निहुराएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्