१५ जेठ २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको तीव्र संक्रमण ब्राजिलमा पनि छ ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार ४९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २५ हजार ५ सय ९८ बढी पुगेको छ ।
ब्राजिलमा एकैदिन १९ हजार ४ सय ६१ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख ११ हजार ८ सय २१ बढी पुगेको छ । संक्रमितमध्ये १ लाख ६६ हजार ६ सय ४७ जना उपचारपछि निको भएका छन् ।