१५ जेठ २०७७, काठमाडौं
पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले आफ्नो सुरक्षामा खटिँदै आएका सशस्त्र प्रहरी फिर्ता गरेका छन् । शर्माले बिहीबार गाडीसहित सुरक्षाकर्मी फिर्ता गरेका हुन् ।
शर्माले सशस्त्र प्रहरीका आइजीपी सैलेन्द्र खनाललाई फोन गरी आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका थिए । जसअनुसार बिहीबार आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई धन्यवादसहित विदाइ गरेको सचिवालयले जनाएको छ । शर्माको सुरक्षामा सशस्त्रका १० जना सुरक्षाकर्मी खटिँदै आएका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य समेत रहेका शर्माले राष्ट्र र जनताको सुरक्षा नै मुख्य कुरा भएकाले गाडीसहितको सशस्त्र प्रहरी फिर्ता गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।