१७ जेठ २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा २ सय ६९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४ हजार ९ सय ८० नाघेको छ ।
एकैदिन ८ हजार १ सय ५ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ७३ हजार ४ सय ९१ पुगेको छ ।