२० जेठ २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।
वर्ल्डोमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ सय जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५ हजार ६ सय ८ नाघेको छ ।
एकैदिन ७ हजार ७ सय ६१ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ९८ हजार ३ सय ७० पुगेको छ । संक्रमितमध्ये ९५ हजार ७ सय ५४ जना संक्रमित उपचारपछि निको भएका छन् ।
संसारकै सर्वाधिक प्रभावित देशको सूचीमा भारत अब सातौं स्थानमा उक्लिएको छ ।