२१ जेठ २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने संसारकै सर्वाधिक प्रभावित देशको सूचीमा सातौं स्थानमा छ ।
वर्ल्डोमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ सय २१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५ हजार ८ सय २९ नाघेको छ ।
एकैदिन ८ हजार ८ सय १३ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ७ हजार १ सय ८३ पुगेको छ । संक्रमितमध्ये १ लाख २ सय ८५ जना संक्रमित उपचारपछि निको भएका छन् ।