कोरोना संक्रमणबाट पाकिस्तानमा मन्त्रीको मृत्यु



२१ जेठ २०७७, काठमाडौं

कोरोना भाइरस संक्रमणबाट पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको मृत्यु भएको छ ।

सिन्ध प्रान्तका शिक्षामन्त्रीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएकोमा उनको मंगलबार निधन भयो ।

सन् २०१६ मा विधानसभा सदस्य चुनिएका मुर्तुजा पिपुल्स पार्टी (पीपीपी)को कराँची अध्यक्षसमेत थिए ।

 

प्रतिक्रिया दिनुहोस्