अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



२१ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ८ हजार ४८ बढी  पुगेको छ ।

एकैदिन २० हजार ८ सय ८ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १८ लाख ८० हजार १ सय ३१ बढी पुगेको छ । संक्रमितमध्ये १७ हजार ९४ जनाको अवस्था गम्भीर रहेको छ भने ६ लाख २५ हजार २ सय ६५ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्