अमेरिकामा संक्रमित मात्रै १९ लाख नाघ्यो, मृत्यु कति ? पछिल्लो २४ घण्टाको अपडेट



२२ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ९ हजार १ सय २७ बढी  पुगेको छ ।

एकैदिन २० हजार २ सय ८८ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १९ लाख १ हजार ४ सय ९३ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ९ सय २५ जनाको अवस्था गम्भीर रहेको छ भने ६ लाख ८४ हजार ७ सय ७४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्