भयावह बन्यो छिमेकी भारत, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च सक्रमण, मृत्यु कति ? अपडेट



२२ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने संसारकै सर्वाधिक प्रभावित देशको सूचीमा सातौं स्थानमा छ ।

वर्ल्डोमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ सय ५९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार ८८  नाघेको छ ।

एकैदिन ९ हजार ६ सय ३३ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख १६ हजार ८ सय  २४ पुगेको छ । संक्रमितमध्ये १ लाख ४ हजार ७१ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्