अमेरिकाको आक्रोश, चिनियाँ एयरलाइन्सको उडान रोक्ने



२२ जेठ २०७७, काठमाडौं

अमेरिकाले चीनबाट आउने–जाने उडानहरुलाई आगामी जुन १६ देखि रोक्ने भएको छ । यतीबेला यी दुई देशबीच कोरोनाभाइरस र हङकङको मुद्दामा तनाव बढिरहेको छ ।

स्रोतका अनुसार चीनले अमेरिकी उडानहरुलाई रोक लगााएसंगै जवाफमा अमेरिकाले यो निर्णय लिइएको हो ।

यद्यपी, अमेरिकाले हवाई यात्राको मुद्दामा चीनसँग छलफल जारी रहने जनाएको छ ।
यो निर्णय चीनका चार एयरलाइन्समाथि लागू हुनेछ – एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, हेनान एयरलाइन्स र चाइना सदर्न एयरलाइन्स ।

यी एयरलाइन्सले महामारीको दौरान पनि अमेरिकाबाट उडान सञ्चालन गरिरहेको थियो । ट्रम्पले हालका दिनमा चीनप्रति आक्रामक रवैया अपनाएका छन्, विशेष गरेर महामारी र हङकङको मुद्दामा । अमेरिकाको यो कदमलाई दुई देशबीच बढ्दो तनावको संकेतको रुपमा हेरिएको छ ।

स्रोतः बीबीसी

 

प्रतिक्रिया दिनुहोस्