अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो पोष्टले फेसबुकका मालिक जुकर्वर्ग फसे अप्ठ्यारोमा



२२ जेठ २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसालाई बढावा दिने भिडियो पोष्ट गर्दा पनि नहटाएको भन्दै फेसबुककै कर्मचारीले कम्पनीका प्रमुख मार्क जुकर्वर्गको आलोचना गरेका छन् ।

हिंसालाई बढवा दिने पोष्टहररु हटाउने र पटक/पटक त्यस्तो भएको पाइए प्रयोगकर्ताको एकाउन्ट नै बन्द गर्ने कम्पनीको नीति राष्ट्रपति ट्रम्पको हकमा भने कार्यान्वयन नभएको भन्दै कर्मचारीहरूले जुकर्वर्गको आलोचना गरेका हुन् ।

ट्रम्पले अमेरिकाका विभिन्न शहरमा लुटपाट हुँदै गरेका भिडियो पोस्ट गरेपछि फेसबुकसंगको सम्झौता उल्लंघन भएको भन्दै फेसबुकका कर्मचारीले विरोध जनाएका थिए ।

फेसबुकले हिंसालाई बढाउने फोटो तथा भिडियो पोष्ट भए तत्कालै तिनलाई हटाउने र आवश्यक ठाने सम्बन्धित प्रयोगकर्ताको एकाउन्ट नै बन्द गर्नेसम्मको नीति लिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्