२३ जेठ २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने संसारकै सर्वाधिक प्रभावित देशको सूचीमा सातौं स्थानमा छ ।
वर्ल्डोमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ सय ७५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार ३ सय ६३ नाघेको छ ।
एकैदिन ९ हजार ८ सय ८९ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख २६ हजार ७ सय १३ पुगेको छ । संक्रमितमध्ये १ लाख ८ हजार ४ सय ५० जना संक्रमित उपचारपछि निको भएका छन् ।