काहालीलाग्दो बन्यो ब्राजिल, पछिल्लो २४ घण्टामा मृत्युमा अमेरिकालाई उछिन्यो, अपडेट



२४ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको तीव्र संक्रमण  ब्राजिलमा पनि छ । मृतकको तथ्यांक अनुसार ब्राजिल विश्वकै तेस्रो स्थानमा आइपुगेको छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३५ हजार ४७ बढी  पुगेको छ ।अमेरिकामा पछिल्लो २४ घण्टामा ९ सय ७१ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा संक्रमित हुनेको संख्या ६ लाख ४५ हजार बढी पुगेको छ । हालै मात्र लकडाउन खोलेको ब्राजिलमा दिनानुदिन मृतकको संख्या बढ्दै गैरहेकोमा हालसम्म गरिएको परीक्षण मध्ये ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिनु अर्को ठूलो समस्या बनेको छ ।

प्रतिक्रिया दिनुहोस्