झन भयावह बन्यो छिमेकी भारत, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च मृत्यु र सक्रमण ? अपडेट



२५ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।

वर्ल्डोमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ सय ९७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार ९ सय ४६ नाघेको छ । यसअघि शुक्रवार २ सय ८६ को मृत्यु भएको थियो ।

एकैदिन १० हजार ४ सय ३८ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ । यसअघि शुक्रवार ९ हजार ४ सय ७१ जना संक्रमित थपिएको भारतमा बिहिबार पनि ९ हजार ८ सय ८९ भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये १ लाख १३ हजार २ सय ३३ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्