अमेरिकाको पछिल्लो २४ घण्टाको कोरोना अपडेट



२५ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा थप ६ सय ८७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख १२ हजार ७७ बढी  पुगेको छ ।

एकैदिन २१ हजार ९ सय ७५ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १९ लाख ८७ हजार ६ सय ८३ बढी पुगेको छ । संक्रमितमध्ये १७ हजार २१ जनाको अवस्था गम्भीर रहेको छ भने ७ लाख ४८ हजार २९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्