झन भयावह बन्यो छिमेकी भारत, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च सक्रमण, मृत्यु कति ? अपडेट



२६ जेठ २०७७, काठमाडौ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।

वर्ल्डोमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ सय ६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार २ सय ७ नाघेको छ ।

एकैदिन १० हजार ८ सय ८४ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ५७ हजार ५ सय ६ नाघेको छ । यसअघि हिजो १० हजार ४ सय ३८ जना बढीमा संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये १ लाख २३ हजार ८ सय ४८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्