अमेरिकामा ३ महिना यताकै न्युन मृत्यु, अपडेट



२६ जेठ २०७७, काठमाडौ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा थप ३ सय ७३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख १२ हजार ४ सय ४९ बढी  पुगेको छ । यसअघि हिजो ६ सय ८७ जनाको मृत्यु भएको थियो ।

एकैदिन १८ हजार ६ सय ७६ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २० लाख ७ हजार २ सय २० बढी पुगेको छ । संक्रमितमध्ये१६ हजार ९ सय १५ जनाको अवस्था गम्भीर रहेको छ भने ७ लाख ५८ हजार ५ सय ४  जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्