कोरोना पिडितलाई फेरि गरे अक्षयले ४५ लाख सहयोग



२७ जेठ २०७७, काठमाडौँ

भारतमा कोरोनाको महामारी दिनप्रतिदिन बढ्दो क्रममा छ । यस्तै बलिउड कलाकारहरुले कोरोनाका कारण समस्यामा परेकाहरुलाई सहयोग पनि गरिरहेका छन् ।

अक्षय कुमारले केहीसमय अघि कोरोनाका कारण समस्यामा परेकाहरुलाई धेरै रकम सहयोग गरेका थिए । अहिले फेरि उनले कोरोना पिडितको लागि नगद सहयोग गरेका छन् ।

लाखौंमानिस कोरोना संक्रमित हुँदा अधिकांश मानिस आर्थिक अभाव झेलिरहेका छन् । अझ दैनिक काम गरेर खाने वर्ग यस समय कोरोना संक्रमणका कारण भोकमरीसंग जुध्न बाध्य छन् । यहीबीच बलिउड अभिनेता अक्षय  कुमारले सिने र टेलिभिजन कलाकार संघलाई ४५ लाख भारु आर्थिक सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्