छिमेकी भारतमा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



२७ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।

वर्ल्डोमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ सय ६६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार ४ सय ७३ नाघेको छ ।

एकैदिन ८ हजार ४ सय ४२ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ६५ हजार ९ सय २८ नाघेको छ । संक्रमितमध्ये १ लाख २९ हजार ९५ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्