कोरोना विश्वव्यापी रुपमा थप भयानक भएको भन्दै विश्व स्वास्थ्य संगठनद्वारा चिन्ता व्यक्त



२७ जेठ २०७७, काठमाडौं

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियासिसका अनुसार केहि देशमा कोरोनाभाइरसको संक्रमितको संख्यामा पहिलेको तुलनामा कमी आएता पनि विश्वव्यापी रुपमा यो थप खतरनाक भइरहेको छ ।

टेड्रोसले पत्रकारसँगको कुराकानीमा पछिल्लो ९ दिनभित्र एक लाख बढी संक्रमित भेटिएको जानकारी दिए ।  तीमध्ये पनि धेरैजसो संक्रमित अमेरिका र दक्षिण एसियाका नागरिक भएको बताए । यद्यपि, उनले केही देशको स्थितीमा सकारात्मक परिवर्तन आएको पनि बताए ।

उनले भने, ‘विभिन्न अध्ययनले यो कुरा स्पष्ट हुन्छ कि विश्वव्यापी स्तरमा अहिले पनि एउटा ठूलो जनसंख्या संक्रमणको हिसाबले अति –संवेदनशील छन् ।’

प्रतिक्रिया दिनुहोस्