छिमेकी भारतमा पछिल्लो २४ घण्टामा कति थपिए मृतक र संक्रमित ? अपडेट



२८ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।

वर्ल्डोमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ सय ७७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार ७ सय ५० नाघेको छ ।

एकैदिन १० हजार २ सय १८ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ७६ हजार १ सय ४६ नाघेको छ । संक्रमितमध्ये १ लाख ३४ हजार ६ सय ६७ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्