अमेरिकामा २० लाख ४५ हजारभन्दा बढीमा फैलियो संक्रमण, मृत्यु कति ?



२८ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख १४ हजार १ सय ५१ बढी  पुगेको छ ।

एकैदिन१८ हजार ९ सय २४ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २० लाख ४५ हजार ४ सय १७ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ९ सय १४ जनाको अवस्था गम्भीर रहेको छ भने ७ लाख ८४ हजार ४ सय ९३ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्