गौरीलाई पाउनको लागि आफ्नो करियर नै छोड्न तयार भएका थिए शाहरुख, गरिसकेका थिए यस्तो घोषणा…



२८ जेठ २०७७, काठमाडौँ

बलिउडका बादशाह शाहरुख खान यतिबेला आफ्नो परिवारसँग समय बिताइरहेका छन् । लकडाउनका कारण उनले अहिले केही काम गर्न पाएका छैनन् । यसैबिच शाहरुखको पुरानो घटना बाहिर आएको छ ।

सबैलाई थाहा नै छ शाहरुख उनकी श्रीमती गौरी खानलाई असाध्यै माया गर्छन् । उनै गौरीको लागि शाहरुखले कुनै समयमा आफ्नो करियर नै दाउमा राखेका थिए ।

गौरी र शाहरुखले सन् १९९२ मा विवाह गरेका हुन् । यो त्यहि समय थियो जब शाहरुख खान फिल्म इन्डष्ट्रिमा ‘दिवाना’ बाट डेब्यू गर्ने तयारीमा थिए । फिल्म निर्माता एफ।सी मेहराले फिल्म ‘चमत्कार’ रिलिज नभएसम्म विवाह रोक्नका लागि आग्रह गरेका थिए तर शाहरुख खानले विवाह सार्नु परे फिल्म नै छोडिदिन्छु भनिदिए ।

शाहरुखले अन्तवार्ताहरुमा पनि गौरी आफ्नो लागि सबैभन्दा महत्वपूर्ण भएको बताएका थिए । उनले भनेका थिए, मेरो जीवनमा मेरी श्रीमती सबैभन्दा पहिलो प्राथमिकता हो र भविष्यमा पनि मलाई यदि कसैले गौरी र करियरमध्ये एउटा मात्रै छान्नुपर्छ भनेको खण्डमा म फिल्म छोडिदिन्छु, यसको अर्थ यो हो कि म उनको लागि पागल छु । मसँग एउटै मात्रै कुरा छ र ती हुन् गौरी । म उनीसँग जोडिएको छु र उनलाई असाध्यै माया गर्छु ।’

प्रतिक्रिया दिनुहोस्