छिमेकी भारतमा पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च मृत्यु र सक्रमण ? अपडेट



२९ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ सय ८८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८ हजार १ सय ५ नाघेको छ ।

एकैदिन १२ हजार ३ सय ७५ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ८७ हजार १ सय ५५ नाघेको छ । संक्रमितमध्ये १ लाख ४० हजार ९ सय ७९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्