कुवेतमा अलपत्र परेका १५० नेपाली काठमाडौं आइपुगे



२९ जेठ २०७७, काठमाडौं

कुवेतमा अलपत्र परेकामध्ये १५० नेपाली बिहीबार काठमाडौं आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवेन्द्र केसीले १५० नेपाली बिहीबार विहान अवतरण भएको जानकारी दिए । आजै अर्को उडानमार्फत पनि कुवेतबाट नेपाली आउने तय भएको छ । उनीहरुलाई कुवेत सरकारले नै काठमाडौंसम्म ल्याइदिएको हो ।

उनीहरु बुधबार नै आउने भनिएपनि कुवेतको र नेपालको समयतालिका नमिलेपछि आजका लागि सारिएको थियो । कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । अन्यलाई क्रमशः नेपाल फर्काइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्