छिमेकी भारतमा बढ्न थाल्यो मृत्युदर, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च मृत्यु ? अपडेट



३० जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ सय ९४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८ हजार ५ सय १ नाघेको छ ।

एकैदिन ११ हजार १ सय २८ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ९८ हजार २ सय ८३ नाघेको छ । संक्रमितमध्ये १ लाख ४६ हजार ९ सय ७२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्