अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



३० जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप ८ सय ९४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख १६ हजार २४ बढी  पुगेको छ ।

एकैदिन २२ हजार ५ सय ६३ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २० लाख ८८ हजार ९ सय ६४ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ८ सय ७ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख १३ हजार ८ सय ६८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्