भारतले एकैदिन उछिन्यो स्पेन र बेलायतलाई , उक्लियो विश्वकै चौथो सर्वाधिक संक्रमित देशको सुचीमा, अपडेट



३० जेठ २०७७, काठमाडौं

भारतमा कोरोना संक्रमित संख्या २ लाख ९८ हजार २ सय ३८ पुगेको छ । कोभिड१९इन्डिया डट ओआरजीका अनुसार बिहिबार लगातार दोस्रो दिन ११ हजार बढी संक्रमित बढ्यो र ३ सय ९३ को ज्यान गयो ।

यसबाहेक भारत संक्रमितको मामिलामा स्पेन (२ लाख ८९ हजार ) र बेलायत (२ लाख ९१ हजार) भन्दा अघि आएको छ । अब भारत सर्वाधिक संक्रमित सूचीको चौथो स्थानमा छ ।

हाल शीर्ष ७ देशमा अमेरिका, ब्राजिल, रसिया, भारत, बेलायत, स्पेन र इटली छन् ।

 

प्रतिक्रिया दिनुहोस्