अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



३१ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप ८ सय ७५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख १६ हजार ८ सय १९ बढी  पुगेको छ ।

एकैदिन २६ हजार ७ सय ७२ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २१ लाख १६ हजार ४ सय २८ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ६ सय १३ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ३९ हजार ८ सय २२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्