झन भयावह बन्दै छिमेकी राष्ट्र भारतको स्थिती, थपिदैं संक्रमित, बढ्दै मृत्यु, अपडेट



३२ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ सय ९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार १ सय ९९ नाघेको छ ।

एकैदिन १२ हजार २३ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख २१ हजार ६ सय २६ नाघेको छ । संक्रमितमध्ये १ लाख ६२ हजार ३ सय २६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्