अमेरिकामा २१ लाख ४१ हजारभन्दा बढीमा फैलियो संक्रमण, मृत्यु कति ?



३२ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप ६ सय ९९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख १७ हजार ५ सय २४ बढी  पुगेको छ ।

एकैदिन २४ हजार ८ सय ६५ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २१ लाख ४१ हजार ७ सय ८७ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ६ सय १ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ५० हजार २ सय २३ जना संक्रमित उपचारपछि निको भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्