छिमेकी भारतमा संक्रमित हुनेको संख्या ३ लाख ३३ हजार नाघ्यो, मृत्यु कति ? अपडेट



०१ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ सय २१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ५ सय २० नाघेको छ ।

एकैदिन ९ हजार ५ सय २० जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ३३ हजार ८  नाघेको छ । संक्रमितमध्ये १ लाख ६९ हजार ६ सय ८९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्