खुसीको खबर, अमेरिकामा आज स्वाट्टै घट्यो मृतकको संख्या ,पछिल्लो २४ घण्टाको अपडेट



०१ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप ३ सय २६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख १७ हजार ८ सय ५३ बढी  पुगेको छ । सदाको  तुलनामा आजको मृत्यु  निकै कम हो ।

एकैदिन १९ हजार २ सय २३ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २१ लाख ६१ हजार ४ सय ४७ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ७ सय २ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ६७ हजार ६ सय २३ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्