०१ असार २०७७, काठमाडौं
रिङ्गरोड भित्र सिमित मेलम्ची खानेपानी आयोजनालाई कपन क्षेत्रमा समेट्न सफल डा. राजन भट्टराईको ‘पानी सहितको धारा’ घर–घर पुर्याउने बाचा पुरा हुने भएको छ ।
आजको राष्ट्रिय दैनिकमा पाइपलाइन विस्तार तथा अन्य पूर्वाधारको लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडद्वारा योग्यता पुगेका इच्छुक कम्पनीसँग टेन्डर आव्हान गरेको छ । जसमा बूढानीलकण्ठ नगरपालिका वडा नं ८ र ९ को मण्डिखाटार क्षेत्र र काठमाडौं महानगरपालिका वडा नं. ६ सहितका रिङ्गरोड बाहिर मेलम्ची खानेपानी आयोजनाको विस्तारका लागि टेन्डर आव्हान गरिएको छ ।
यसअघि डा. भट्टराईकै पहलमा टेण्डर आव्हान भई ठेकेदार छनौट भईसकेको परियोजनामा बूढानीलकण्ठ नगरपालिका कपन क्षेत्रका विभिन्न वडाहरुमा पाइपलाइन विस्तारको काम भईरहेको छ ।
डा .भट्टराईले निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार खानेपानी समस्या समाधानका लागि बूनपा भित्र छुटेका वडा नं ८,९,१०,११,१२,र १३ को तल्लो भागमा मेलम्ची खानेपानी आयोजनाको विस्तार हुने पक्का भएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आव्हान गरेको नयाँ टेन्डर :
यो पनि पढ्नुहोस्