छिमेकी भारतमा बढ्न थाल्यो मृत्युदर, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च मृत्यु ? अपडेट



०२ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ सय ९५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ९ सय १५ नाघेको छ । सदाको तुलनामा आजको मृत्यु अहिले सम्मकै उच्च हो ।

एकैदिन १० हजार २ सय ४३ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ४३ हजार २६  नाघेको छ । संक्रमितमध्ये १ लाख ८० हजार ३ सय २० जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्