अमेरिकामा २१ लाख ८२ हजारभन्दा बढीमा फैलियो संक्रमण, मृत्यु कति ? अपडेट



०२ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप ४ सय २१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख १८ हजार २ सय ७९ बढी  पुगेको छ ।

एकैदिन २० हजार ४ सय ८९ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २१ लाख ८२ हजार ७ सय १७ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ७ सय १५ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ८१ हजार २० जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्