सुशान्तको परिवारमा थपियो अर्को पिडा, देवरको मृत्युको पिडाले भाउजुको पनि निधन



०२ असार २०७७, काठमाडौँ

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले २ दिन अघिमात्र आत्महत्या गरे । उनको आत्महत्याको खबर यतिबेला सबै चकित छन् । उनी विगत ६ महिनादेखि डिप्रेशनबाट जुधिरहेका थिए । तर मृत्युको ठेट कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

सुशान्तको निधनले यतिबेला सबैभन्दा स्तब्ध सुशान्तको परिवार छ । तर सुशान्तको निधनको पिडा नसकिदैँ उनको परिवारमा अर्को बज्रपात आइपरेको छ । सुशान्तको निधन भएको २ दिन नबित्दै उनकी भाउजुको पनि निधन भएको छ ।

बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवी देवर सुशान्तको मृत्युको खबरले निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ज्यान गुमाउने सुधा सुशान्तको आफ्नै भाउजु भने होइनन् । ५ सन्तानमध्ये सुशान्त परिवारको एक्लो छोरा हुन् । सुधा देवी उनको काकाको छोराको श्रीमती भएको समाचारमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्