०२ असार २०७७, काठमाडौँ
केहीदिन अघिमात्र कैलालीमा क्वारेन्टाइनमा बसेकी महिलामाथि बलात्कार भयो । अहिले यो समाचारले पुरा सामाजिक सञ्जाल नै तात्तिएको छ ।
रकारले नै बसाएको ठाउँमा सरकारकै मान्छेले बलात्कार गरेको भन्दै नायिका रेखा थापाले आक्रोस व्यक्त गरेकी छन् । उनले सुरक्षा व्यवस्था माथि प्रस्न उठाउदै महिलालाई बाच्न गारो भएको बताएकी छन् ।
रेखाको स्टाटस जस्ताको तस्तै-
क्वारेण्टाइनमा सरकारले बसाल्ने, सरकारका मान्छे र स्वयम्सेवक गएर महिला माथि बलत्कार गर्नेरु कैयौ महिना देखी अर्काको देशमा बसेर- दुख : सुख आफ्नो मातृभूमी फर्केकी महिला माथिको बलत्कारले हाम्रो समाज र सुरक्षा ब्यबस्था बारे के सन्देश दिएको छरु महिलाहरु सरकारको आङनमा सुरक्षित छैनन, राजनीति देखी परिवार भित्र सुरक्षित छैनन । किनरु किनकी इज्यत र चरित्रको प्रमाण महिलाले मात्र पेश गर्नु पर्छ र त्यसलाई जोगाउने काम महिलाको एक्लो दायित्व भएको छ । युद्द, महामारी, भुकम्प र आम जीवनमा महिलाले आफुलाई आँफै जोगाउनु पर्ने कस्तो बाध्यतारु बलत्कारी र क्वारेण्टाइन बसाल्नेहरुको नैतीकता बारे कुनै प्रश्न उठदैन रु खै कहाँ छन अधिकार र सुरक्षाका प्रत्याभुती ?