अमेरीकाको स्थितीमा पुग्यो छिमेकी भारत, पछिल्लो २४ घण्टामा २ हजार बढिको मृत्यु, अपडेट



०३ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २ हजारभन्दा बढीले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय २१ नाघेको छ । सदाको तुलनामा आजको मृत्यु अहिले सम्मकै उच्च हो ।

एकैदिन ११ हजार १ सय ३५ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ५४ हजार १ सय ६१  नाघेको छ । संक्रमितमध्ये १ लाख ८७ हजार ५ सय ५२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्