०३ असार २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा २ हजारभन्दा बढीले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय २१ नाघेको छ । सदाको तुलनामा आजको मृत्यु अहिले सम्मकै उच्च हो । अमेरिकामा पछिल्लो २४ घण्टामा ८ सय ४१ जनाले ज्यान गुमाएका छन् ।
भारतमा एकैदिन ११ हजार १ सय ३५ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ५४ हजार १ सय ६१ नाघेको छ । संक्रमितमध्ये १ लाख ८७ हजार ५ सय ५२ जना संक्रमित उपचारपछि निको भएका छन् ।