०३ असार २०७७, काठमाडौँ
बेला बेलामा विवादमा आइरहने अभिनेतामा पर्छन् सलमान खान । यतिबेला सामाजिक सञ्जालमा दबंग निर्देशक अभिनव कश्यपले उनलाई आरोप लगाएपछि उनको चर्चा निकै चलेको छ ।
अभिनव कश्यपले सलमानको परिवार बिषालु सर्पको टाउको भएको बताएका थिए । यसबारे सलमानका पिताले एक अन्तवार्ता मार्फत अभिनवलाई गतिलो जवाफ दिएका छन् । उनले अहिलेको समयमा ट्यालेन्ट मात्र चल्ने पनि बताए । उनले
यसबारे प्रश्न सोध्दा सलिम खानले भने, ‘यिनिहरु काम नलाग्ने मान्छेहरु हुन् । यस्तासँग केही काम छैन, जे पनि बोल्दै हिँड्छन् र त्यसमा हामीले प्रतिक्रिया दिँदै हिँड्ने रु मेरो ५० वर्षको करियर छ । हिजो आएकाहरु प्रश्न गर्छन् । एउटा फिल्म त बनाएका थिए, दोस्रो फिल्म बनाउन प्रस्ताव गर्दा अस्विकार गरे । त्यसपछि जे जति भयो, त्यसका लागि हामी जिम्मेवार रु यस्तो सम्भव छ र रु’
उनले थपे, ‘साँच्ची भन्ने हो भने म यस्ता विषयमा केही बोल्न नै चाहन्नँ किनभने उनीहरुको चाहना नै यहि हो । यसमार्फत् एउटा झुटो बहस सृजना होस् भन्ने चाहन्छन् । अचम्मको कुरा छ । यिनिहरुले त संसारमा अहिले जे भइरहेको छ, त्यसमा सलमान जिम्मेवार छन् भन्न पनि बेर लगाउँदैनन् ।’