काहालीलाग्दो बन्यो ब्राजिल, पछिल्लो २४ घण्टामा मृत्यु र संक्रमण दुबैमा उछिन्यो अमेरिकालाई , अपडेट



०४ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको तीव्र संक्रमण  ब्राजिलमा पनि छ । तथ्यांक अनुसार ब्राजिलमा  अमेरिकापछि सबैभन्दा बढी संक्रमण छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४६ हजार ६ सय ६५ बढी  पुगेको छ ।

एकैदिन ३१ हजार ४ सय ७५ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ९ लाख ६० हजार ३ सय ९ बढी पुगेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ८ सय ७ जनाको मृत्यु भएको छ भने २५ हजार ७८ जना बढीमा संक्रमण देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्