०४ असार २०७७, काठमाडौँ
केहीदिन अघिमात्र बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भयो । उनले मुम्बईस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । उनी विगत ६ महिनादेखि डिप्रेशनमा रहेको खबर बाहिर आइरहेको छ ।
सुशान्त सिंह राजपुतको मृत्युको विषयमा बलिउडका ८ जना चर्चित व्यक्ति विरुद्ध मुद्दा परेको छ । वकील सुधिर कुमार ओझाले सलमान खानसहित निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर, सञ्जयलीला भन्साली, आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशविरूद्ध फौजदारी मुद्दा दायर गरेका हुन्।
सुशान्तको मृत्यु उनीहरूको कारण भएको भन्दै बिहार अदालतमा मुद्दा दायर गरिएको भारतीय संचार माध्यममा उल्लेख गरिएको छ । अ मुजफ्फरपुर अदालतमा मुद्दा दर्ता भएको र अदालतले आगामी ३ जुलाईमा सुनुवाइ मिति दिएको छ । उनीहरूले सुशान्तका फिल्म रिलिज हुन बाधा पुर्याएको मुद्दामा उल्लेख छ ।
यसबारे अहिलेसम्म यी सेलिब्रेटीले केहीपनि बताएका छैनन् । तर सामाजिक सञ्जालमा सुशान्तका फ्यानले पनि यिनै कलाकारका कारण सुशान्तले सुसाइड गरेको भन्दै चर्को विरोध गरिरहेका छन् ।