०५ असार २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ३ सय ४२ बढीले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार ६ सय ४ नाघेको छ ।
भारतमा एकैदिन १३ हजार ८ सय २७ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ८१ हजार ९१ नाघेको छ । संक्रमितमध्ये २ लाख ५ हजार १ सय ८२ जना संक्रमित उपचारपछि निको भएका छन् ।