अमेरिकामा २२ लाख ६१ हजारभन्दा बढीमा फैलियो संक्रमण, मृत्यु कति ?



०५ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप ६ सय ७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख २० हजार ६ सय १३ बढी  पुगेको छ ।

एकैदिन २५ हजार ६ सय ९६ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २२ लाख ६१ हजार  बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ४ सय ९३ जनाको अवस्था गम्भीर रहेको छ भने ९ लाख २९ हजार ३ सय २२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्