अब संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश : विश्व स्वास्थ्य संगठनको चेतावनी



०६ असार २०७७, काठमाडौं

विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले कोरोना भाइरसको महामारी बढ्दै गइरहेको र संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको चेतावनी दिएका छन् ।

गत बिहीबारमात्रै १ लाख ५० हजार भन्दाबढी नयाँ संक्रमणको केस फेला परेका छन्, जुन एकै दिनमा अहिले सम्मकै उच्च संख्यामा संक्रमित फेला परेको पहिलो हो ।

जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिनको तथ्यांकअनुसार यतिखेर संसारभरिमा ८,५६९,९६२ जना संक्रमित भइसकेको छन् भने तीमध्ये ४५७,३८८ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा २,२१५,५८७ छन् भने मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सबैभन्दा बढी ११८,९९१ जना पुगिसकेको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार, असार ६ गते बिहान ४ बजेसम्ममा संसारभरिमा ८,७३४,९७२ जना संक्रमित भइसकेका छन् भने ४,६१,५०४ जनाको मृत्यु भइसकेको छ । संक्रमितहरुमध्ये ४,६१५,९९५ जना निको पनि भइसकेका छन् ।

हाल सक्रिय संक्रमितहरु ३,६५७,४७३ जनामध्ये ९९ प्रतिशतको अवस्था सामान्य छ भने १ प्रतिशतको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्