झन भयावह बन्यो छिमेकी भारत, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च सक्रमण, मृत्यु कति ? अपडेट



०६ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ सय ६६ बढीले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार ९ सय ७० नाघेको छ ।

भारतमा एकैदिन  १४ हजार ७ सय २१ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ९५ हजार ८ सय १२  पुगेको छ । संक्रमितमध्ये २ लाख १४ हजार २ सय ६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्