अमेरिकामा २३ लाख २९ हजारभन्दा बढीमा फैलियो संक्रमण, मृत्यु कति ? अपडेट



०७ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप ५ सय २७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख २१ हजार ९ सय ७९ बढी  पुगेको छ ।

एकैदिन ३२ हजार ६ सय २७ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २३ लाख २९ हजार ८ सय १७  बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ५ सय ४७ जनाको अवस्था गम्भीर रहेको छ भने ९ लाख ६७ हजार ६ सय ७१ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्