काहालीलाग्दो बन्यो ब्राजिल, मृत्यु ५० हजार नाघ्यो, संक्रमण कति ? अपडेट



०७ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको तीव्र संक्रमण  ब्राजिलमा पनि छ । तथ्यांक अनुसार ब्राजिलमा  अमेरिकापछि सबैभन्दा बढी संक्रमण छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ९ सय ६८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५० हजार ५८ बढी  पुगेको छ ।

एकैदिन ३१ हजार ५ सय ७१ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० लाख ७० हजार १ सय ३९ बढी पुगेको छ । संक्रमितमध्ये ५ लाख ४३ हजार १ सय ८६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्